Rule 40
बन संरक्षण क्षेत्रको विशेष कार्ययोजना
(१) विभागले ऐनको दफा १५ वा १७ बमोजिमको वन संरक्षण क्षेत्रको विशेष कार्ययोजना तयार गरी मन्त्रालय समक्ष पेस गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको विशेष कार्ययोजनामा अनुसूची-१८ बमोजिमका विषय समावेश गर्नु पर्नेछ।

(३) उपनियम- (२) बमोजिमको कार्ययोजना प्राप्त भएपछि मन्त्रालयले आवश्यक परिमार्जन गर्नु पर्ने भए सो समेत गरी त्यस्तो कार्ययोजना स्वीकृत गर्नेछ।

(४) ऐनको दफा १५ बमोजिमको वन संरक्षण क्षेत्रको कार्ययोजना स्वीकृत भए पछि त्यस्तो वन संरक्षण क्षेत्रको चारकिल्ला र क्षेत्रफल सहितको विवरण मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।

(५) वन संरक्षण क्षेत्रको कार्ययोजनाको अवधि कम्तीमा दश वर्षको हुनेछ र आवश्यकता अनुसार संशोधन गर्न सकिनेछ।